चीन जाने तीन दर्जन महिला खेलाडी को को ?

चीन जाने तीन दर्जन महिला खेलाडी को को ?

एसियाली खेलकुदको १९ औँ संस्करणका लागि महिलातर्फको बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनौट सम्पन्न भएको छ । बास्केटबलमा आठ र कबड्डीमा २८ खेलाडी छानिएका हुन् ।

नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठका अनुसार बास्केटबलको थ्री बाइ थ्रीमा प्रतिक्षा मगर, श्रेया खड्का, गरिशा सिलवाल, विनामणि योञ्जन, एरिका श्रेष्ठ, अमिशा घले, छिरिङ छोकी शेर्पा र मिना गुरुङ पहिलो चरणमा छनोट भएका छन् ।

त्यस्तै, कबड्डीमा एपीएफकी सुनिता थापा, नेपाल प्रहरीकी मानमति विष्ट, नेपाल आर्मीकी निशा बोहरा, एपीएफकी रविना चौधरी, आर्मीकी मेणुका राजवंशी, एपीएफकी जयन्ती बढु, आर्मीकी गंगा घिमिरे, लुम्बिनी प्रदेशकी सिर्जना चौधरी, आर्मीकी अनुजा कुलुङ राई, सुदूरपश्चिम प्रदेशकी सिर्जना सुनार, गण्डकी प्रदेशकी बुद्धिमाया मगर र सुदूरपश्चिमकी कलावती पन्त छनोट भएको कवड्डी संघका महासचिव विनोद प्रजापतिले बताए ।अन्यमा आर्मीका मिना नेपाली र ईशा राई, प्रदेश १ की लक्ष्मी विश्वकर्मा, बागमती प्रदेशकी बबिता पुकुवाल, एपीएफका सविना मल्ल र कमला थापा, प्रहरीकी गंगा राकसकोटी, आर्मीकी कोपिला कार्की, बाग्मतीकी अम्बिका कटुवाल, सुदूरपश्चिमकी सोनम चन्द, बागमतीकी पूजा दुवाल, प्रहरीकी नितु गुरुङ, प्रहरीकी राधिका खडायत, प्रदेश १ की पूजा राजवंशी, मधेश प्रदेशकी दिव्याकुमारी शाह र प्रहरीकी अर्पणा चौधरी छन् ।

एसियाली खेलकुदको इतिहासमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउन लागेको महासचिव प्रजापतिले जानकारी दिए । एसियाली खेलकुद चीनको हाङ्चौ शहरमा भदौ २५ गतेदेखि असोज ९ गतेसम्म आयोजना हुँदैछ ।

टिप्पणीहरू