निर्वाचनसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द

निर्वाचनसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द

कम्पनी रेजिस्ट्रारको कार्यालयले अतिआवश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । स्थानीय निर्वाचनलाई लक्षित गरि कार्यालयले आफ्ना नियमित सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कार्यालयका अधिकांश कर्मचारीहरु चुनावमा खटिएकाले सेवा बन्द गर्नुपरेको कार्यालयले जनाएको छ । ‘निर्वाचनपश्चात् मात्र सेवा सुचारु गर्नेगरी आजदेखि कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी अत्यावश्यक परेकाबाहेक अन्य कार्य बन्द गरिएको छ’, कार्यालयका उपरजिष्ट्रार अच्युत ढुंगानाले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै, कार्यालयको यो निर्णयबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।

टिप्पणीहरू