गुजरातलाई पहिलो सहभागितामै उपाधि

इण्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो पटक सहभागिता जनाएको गुजरात टाइटान्सले उपाधि हात पारेको छ । गएराति सम्पन्न पÞmाइनल खेलमा राजस्थानलाई ७ विकेटले हराएर गुजरातले उपाधि उचालेको हो ।

राजस्थानले टस जितेर पहिले ब्याटिङ गदै निर्धारित २० ओभरमा १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य गुजरातले खेल सकिन ११ बल बाँकी छँदै भेट्टायो ।

हार्दिक पाण्डेयको कप्तानीमा रहेको गुजरात १४ खेलमा १० खेल जित्दै फाइनल पुगेको थियो । सन् २००८ मा भएको पहिलो संस्करणमा च्याम्पियन भएको राजस्थान त्यसपछि फाइनल पुगेको थिएन । १४ वर्षपछि फाइनल पुगेको राजस्थानबाट उपाधि खोसेर गुजरातले पहिलो सहभागितामै इतिहास बनाएको हो ।

टिप्पणीहरू