साइग्रेस

हँसाउन छोडेर 'रुवाउने' विधा रोजेका साइग्रेसको अनुभव- भाषाका कारण नेपाली साहित्य खुम्चियो !

एक जमाना थियो, जतिबेला साहित्यलाई 'हेभी' विषय मानिन्थ्यो । सीमित मान्छेले मात्र पुस्तक पढ्थे । साहित्यिक पुस्तक पढ्दा समय बर्बाद हुने सम्मको भाष्य निर्माण गरिएको थियो । तर, अहिले समय फेरिएको छ । प्रविधिको विकासले साहित्यमा रुचि राख्नेहरुलाई सहजता पनि दिएको छ । अर्थात् कविता, कथा, निवन्धजस्ता साहित्यिक पुस्तक खोजी-खोजी पढ्नुपर्ने बाध्यता हट्दै गएको छ । डिजिटल प्याल्टफर्म साहित्यिक संसारको नयाँ माध्यम बन्दैछ । प्रविधिले दिएको सहजतासँगै पछिल्लो समय युवापुस्तामा साहित्यप्र…