अरुणकुमार चौधरी

हिजो समातिएका सांसद आज जेल चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । हिजो बाँकेको बैजनाथ गाउँपालिका–२, गावरबाट पक्राउ परेका उनलाई आज जेल चलान गरिएको हो ।  २०७० सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा दोषी ठहर भएका चौधरीलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनको निम्ति चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउपछि उनलाई नेपालगञ्जबाट काठमाडौँ हुँदै हिजै कैलाली पुर्या…