हिजो समातिएका सांसद आज जेल चलान

हिजो समातिएका सांसद आज जेल चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । हिजो बाँकेको बैजनाथ गाउँपालिका–२, गावरबाट पक्राउ परेका उनलाई आज जेल चलान गरिएको हो । 

२०७० सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा दोषी ठहर भएका चौधरीलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनको निम्ति चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउपछि उनलाई नेपालगञ्जबाट काठमाडौँ हुँदै हिजै कैलाली पुर्याएर आज बिहान जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतबाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन् । 

रेशम चौधरीकी श्रीमती अञ्जिता श्रेष्ठ नेतृत्वको उन्मुक्ति पार्टीका नेतासमेत रहेका चौधरी मङ्सिर ४ को निर्वाचनमा कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
 

टिप्पणीहरू