आरोपित पूर्वएआइजीद्वारा राजनीतिमा अपराधीकरणवारे अर्ति उपदेश

आरोपित पूर्वएआइजीद्वारा राजनीतिमा अपराधीकरणवारे अर्ति उपदेश

जो अपराधमा मुछिएको छ, उसले अपराधीकरणको विषयमा दिने उपदेश कस्तो होला ? यतिबेला यो विषयमा राम्रै चर्चा भइरहेको छ । ‘राजनीतिमा अपराधीकरण र परिवर्तनको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) एवं रवि लामिछानेद्वारा नियुक्त केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का पूर्वप्रमुख श्याम ज्ञवालीलाई वक्ता बनाइएपछि त्यस किसिमको चर्चा चलेको हो । 

एमाले जागरण सभाकै दिन मंसिर ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्ट्समा उक्त कार्यक्रम भएको थियो । नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी र पूर्वएआइजी ज्ञवाली प्रमुख वक्ताको रुपमा आमन्त्रित थिए । 

दर्जनौं काण्डमा मुछिएका उनलाई वक्ता बनाएको विषयमा धेरैले आपत्ति जनाएका छन् । ‘त्यति धेरै आरोप लागेको व्यक्तिले राजनीतिमा अपराधीकरणजस्तो गम्भीर विषयमा के बोल्लान् ? के अर्ति देलान् ? त्यस्तो व्यक्तिलाई कसले वक्ता बनायो, अचम्मित छु’,राष्ट्रिय अनुसन्धान विभाग स्रोतले भन्यो ।

‘त्यति धेरै आरोप लागेको व्यक्तिले राजनीतिमा अपराधीकरणजस्तो गम्भीर विषयमा के बोल्लान् ? के अर्ति देलान् ? त्यस्तो व्यक्तिलाई कसले वक्ता बनायो, अचम्मित छु’,स्रोतले भन्यो । 

पूर्वएआइजी ज्ञवाली विवादित व्यक्ति हुन् । उनीमाथि विभिन्न गम्भीर आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको फाइल दबाएको,बालमन्दिर,सेन्चुरी बैंक,६० किलोग्राम सुनकाण्डको ढाकछोपलगायत अन्य संवेदनशील घटनामा संलग्न रहेको आरोपपछि एआइजी टेकप्रसाद राई नेतृत्वको टोलीले उनीमाथि छानबिन गरेको थियो । 

त्यति मात्र नभई एलओडी डिस्कोमा भएको नाबालिका करणी,बालमन्दिरको जग्गा घोटाला,सेञ्चुरी बैंकको कर्जा हिनामिनामा प्रतिवादीसँग बढेको हिमचिम र आर्थिक लेनदेनसमेतको आरोपसहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । पदीय मर्यादाको दुरुपयोग र चेन अफ कमाण्ड तोडेको आरोप पनि उनीमाथि लागेको थियो । 

सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसूरमा प्रहरी हिरासतमा रहेका लामिछानेसँग उनको सम्बन्ध निकै खास थियो । उनलाई लामिछानेले आफ्नो सल्लाहकार बनाएका थिए । ज्ञवालीलाई सिआइबीमा ल्याउने लामिछाने नै हुन् । बसन्त कुँवरलाई हटाएर आफू आइजिपी हुन जीवन चलाउनेसङ्ग करोडौं मागेकोदेखि विभिन्न आरोप हुँदाहुँदै ज्ञवालीलाई सिआइबी प्रमुख बनाइएपछि जान्नेलाई छान्ने "घण्टी नीति" को चर्को विरोध भएको थियो ।

टिप्पणीहरू