महँगो हवाई भाडा तिर्नुपरे उजुरका लागि आह्वान

महँगो हवाई भाडा तिर्नुपरे उजुरका लागि आह्वान

सरकारले अन्तर्राष्ट्रिय हवाई भाडा अध्ययन गर्न कार्यदल गठन गरेको छ । अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको व्यापक जनगुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ ।

‘हाल विभिन्न सोसल मिडियाहरुमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको र यात्रुहरु मारमा परेको भन्ने समाचार र गुनासोहरु सुनिएकोमा सो सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएकाले एक अध्ययन कार्यदल गठन भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

उच्च दरको हवाई टिकट खरिदबिक्री गरेको विषयमा कुनै गुनासो भएमा हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिल, भौचरलगायत अन्य प्रमाणसहित मन्त्रालयको इमेल ठेगानामा पठाउन समेत भनिएको छ ।

टिप्पणीहरू