फिल्म प्रदर्शकसँग एमजी माग्ने वितरकमाथि कारवाहीको चेतावनी

फिल्म प्रदर्शकसँग एमजी माग्ने वितरकमाथि कारवाहीको चेतावनी

फिल्म हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघले मिनिमम ग्यारेन्टी (एमजी) र फिक्स मागिएकोप्रति प्रदर्शकहरुको ध्यानाकर्षण गराएको छ । 

केही वितरकले चलचित्र वितरण गर्दा प्रदर्शकसँग अव्यवहारिक एमजी र फिक्स मागेको गुनासो आएको भन्दै संघले तत्काल त्यस्तो कार्य बन्द गर्न भनेको हो । अन्यथा, सोविरुद्ध कदम चाल्ने र वितरक संस्था स्वयं जिम्मेवार हुनुपर्ने संघद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

 ‘अहिले केही वितरक सदस्यहरुले चलचित्र वितरण गर्दा चलचित्र प्रदर्शकहरुसँग अव्यवहारिक एमजी र फिक्स माग गरेको भन्ने संघका सदस्यहरुबाट गुनासोहरु आएको हुँदा यो कार्य तत्काल बन्द गर्न सम्बन्धित वितरक संस्थाहरुलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा, नेपाल चलचित्र संघले चाल्ने कदमको उत्तरदायी स्वयं वितरक संस्था हुने व्यहोरा जानकारी गराउँदछौं ।’

आफ्ना सदस्यको हकहितका लागि संस्थाको स्थापना भएको जनाउँदै संघले यसअघि तत्कालिन सरकारले करमा समेत अव्यवहारिक एमजीको व्यवस्था गर्दा सोविरुद्ध कानूनी प्रक्रियामार्फत न्यायालयबाट खारेजी भएको स्मरण गराएको छ ।

टिप्पणीहरू