छुट्टी

सेनालाई जागिर खानभन्दा भाग्न पिरलो

गत साउनदेखि विभिन्न मितिमा दर्जन बढी सैनिक भागेका छन् । घर विदामा छाडिएका र छुट्टी मागेर निस्किएका सैनिकहरू भागेपछि गण, गुल्म र प्रहरीलाई खोज्दैको सास्ती छ ।  तालिम सकिएपछि घर विदामा छाडिएका सिपाही सुमित थापामगर सम्पर्कविहीन छन् । समरसुर गुल्ममा कार्यरत उनी गरुडदल गणमा सञ्चालित बिल्लादार ग्रेड–३ तालिममा थिए । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३, बानियाँगाउँ बस्ने जयराम थापामगरका नाति एवं सुदर्शनका छोरा उनी साउन ३१ गते नै हाजिर हुनुपर्ने थियो ।&nbs…