पेन्सनले ‘मेन्सन’ हैन, टेन्सनमात्रै
दीपेन्द्र खड्का
पूर्वसचिव शान्तराज सुवेदीले अर्थ मन्त्रालयबाट अवकाश पाएको केही महिनाभित्रै समावेशी आयोगमा अध्यक्षको नियुक्ति पाए । वर्तमान सरकारले संवैधानिक हैसियतको समावेशी आयोगको अध्यक्षमा सिफारिस गरेपछि उनलाई संसदीय सुनुवाइ समितिले प्रक्रिया पूरा गर्न बोलायो । सो बैठकमा सांसदले उनलाई प्रश्न गरे, तपाईं समावेशी आयोगको अध्यक्षका लागि कसरी योग्य ? त्यत्तिमै सांसद रोकिएनन् ।
सरकारको विशिष्ट श्रेणीबाट अवकाश लिएको व्यक्ति, त्यो पनि ब्राह्मण÷क्षत्री समुदायको । तपाईबाट कसरी स…