स्वर्गीय विपिनको अन्त्येष्टिअघि शवयात्राको तयारी
प्यालेष्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको आज गृहजिल्ला कञ्चनपुरमा अन्त्येष्टि गर्न लागिएको छ । बिहान ८ बजे महेन्द्रनगरस्थित घरबाट शवयात्रा गरेर महाकाली आर्यघाटमा अन्तिम दाहसंस्कार गरिँदै छ ।
दाहसंस्कारमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास पनि सहभागी हुँदै छन् । हिजो इजरायलबाट काठमाडौं हुँदै विपिनको पार्थिव शरीर राति ८ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित घरमा पुर्याइएको थियो। राजदूत र दूतावासका कर्मचारीहरु पन…