समाचार

चितवनमा कोरोना संक्रमित एक जना बिते

चितवनमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको हिजो निधन भएको बताइएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार निमोनिया संक्रमित भएपछि चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषलाई बिहीबार संक्रमण भएको थियो । जिल्लामा १० जना सक्रिय सङ्क्रमित रहेको कार्यालयले जनाएको छ ।

Page 1645 of 2007