चितवनमा दुई वटा सडक दुर्घटना, दुई जनाको मृत्यु
चितवनमा आज भएका दुई वटा सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दिउँसो ३ बजे कालिका नगरपालिका २ को भित्री सडक खण्ड र साँझ ५ बजेको समयमा भरतपुर १५ मा सवारी दुर्घटना भएका हुन् ।
दिउँसो लामाचोकबाट डेरी चोकतर्फ आउँदै गरेको ना.१५ प.३७७२ नम्बरको मोटरसाइकल र भाइरल घरबाट क्लबचोकतर्फ जाँदै गरेको बा.प्र.०३–०४प ९५१७ नम्बरको स्कुटर ठोक्किएका हुन् । घाइते भएका दुबै सवारी साधनका चालकलाई उपचारार्थ पुरानो मेडिकल कलेजमा पुर्याइएको थियो ।
मोटरसाइकल चालक पर्वतको फलेबास…