डाक्टरको लाइसेन्स परीक्षा जेठमा
नेपाल मेडिकल काउन्सिलको स्नातकतर्फको लाइसेन्स परीक्षा आगामी वर्षको जेठमा हुने भएको छ । काउन्सिलले जेठ १७, १८ र १९ गते परीक्षा सञ्चालन गर्न लागेको हो ।
उक्त परीक्षाका लागि आउँदो वैशाख ४ गतेदेखि आवेदन खुला गरिने जानकारी दिँदै काउन्सिलले जेठ २ गतेसम्म नियमित र जेठ ३ र ४ गते विलम्ब शुल्कसहित फाराम भर्न सकिने बताएको छ ।
अनलाइनबाहेक कुनै पनि माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नहुने काउन्सिलले स्पष्ट पारेको छ । त्यस्तै, काउन्सिलले स्नातक र स्नातकोत्तर तहको वार्…