नेपाली समाजको को हो त शत्रु ?
एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नवौं महाधिवेशनद्वारा मुख्य उपलब्धिका रूपमा पारित सैद्धान्तिक विचारधारालाई किनारा लगाउने काम भएको छ । उक्त महाधिवेशनमा शंकर पोखरेलले नेपाली समाज अझ पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ, सामन्तवादका अवशेषहरू अझै पनि छन् भन्ने व्याख्या गरेका थिए ।
त्यसबखत घनश्याम भुषालले हामीले जनवादी क्रान्ति सम्पन्न गरिसक्यौं, अब समाजवादको आधार निर्माण गर्ने हो, यसनिम्ति राष्ट्रिय पुँजीको निर्माण गर्नुपर्छ । दलाल पुँजिवादले उ…