आगो लगाइएको सिंहदरबारका भित्री संरचना कुन हालतमा छन् ?
जेन–जी आन्दोलनका नाममा जलाइएको मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाट अझै धुँवा निस्किरहेको छ । सामाजिक सञ्जालमाथि प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनले उग्र रुप लिँदा सिंहदरबारसहित राज्यका प्रमुख अंग व्यवस्थापिका,न्यायपालिका र कार्यपालिकाका भौतिक संरचनामा अन्धाधुन्ध आगो लगाइएको थियोे ।
मुलुकको सर्वाधिक ठूलो सरकारी भवन सिंहदरबारमा दनदनी आगो बालिँदा त्यहाँभित्रका केही संरचना भने जोगिएको भेटिएको छ । आगजनीबाट प्र…