क्यामिस प्रणालीः बिचौलिया निषेध, सेवाग्राहीलाई राहत
बिचौलियाको अन्त्य गर्न र सेवालाई थप सुदृढ तथा पारदर्शी बनाउन कम्पनी रजिष्ट्रारको कार्यालयले ‘कम्पनी एडमिनिस्ट्रेशन म्यानेजमेण्ट इन्फरमेशन सिस्टम (क्यामिस)’ प्रणाली सञ्चालनमा ल्याएको छ । २०८१ साउनमा पहिलोपल्ट परीक्षणका लागि ल्याइएको यो प्रणाली गत फागुनदेखि पूर्णरुपमा कार्यान्वयनमा आएको हो ।
क्यामिस प्रणाली लागू भएसँगै सेवाग्राहीलाई सहज भएको कार्यालयले जनाएको छ । हाल कम्पनी दर्तादेखि खारेजीसम्मका सबै काम डिजिटल प्रविधिमार्फत भइरहेको कार्यालयका रजिष्ट्रार ईश्वरकुमार…