सर्वोच्चमा दायर निवेदन परराष्ट्र मन्त्रालयद्वारा फिर्ता
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न पश्चात् परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतमा यसअघि दिएको निवेदन फिर्ता लिएको छ । मन्त्रालयले यसअघि आफैंले सर्वोच्चमा पेश गरेको निर्देशनात्मक आदेश कार्यान्वयन समयावधि ६ महिना थप गर्नेसम्बन्धी निवेदन फिर्ता लिएको छ ।
सर्वोच्चको परमादेशअनुसार डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले वैशाख २० गतेदेखि २२ गतेसम्म एकता महाधिवेशन गराएर महेश श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमिति गठन गरिसकेको छ । परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाकै …