अदालतमा उभ्याउनुअघि पोखरा र काठमाडौंमा प्रदर्शनको तयारी
रास्वपा सभापति रवि लामिछाने पक्राउविरुद्ध पार्टी कार्यकर्ताले बिहान पोखरा र दिउँसो काठमाडौंमा विरोध प्रदर्शनको तयारी गरेका छन् ।
पोखराको चिप्लेढुंगामा बिहान ११ बजे र दिउँसो १ बजे काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न लागिएको हो । ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ कार्यकर्ताले विरोध गर्न लागेको बताएका छन् ।
हिजो बेलुकी काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा पक्राउ परेका लामिछानेलाई राति नै पोखरा पुर्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्…