प्रदर्शनको नाममा रास्वपा गलत खेलमा सक्रिय रहेको काँग्रेसको ठहर
सहकारी ठगी प्रकरणमा समातिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकले हुलहुज्जत र सडक प्रदर्शन गरेर अनुसन्धानलाई प्रभावित पार्न खोजेको नेपाली काँग्रेसले ठहर गरेको छ । राज्यका तटस्थ निकायलाई आतङ्कित र त्रसित पार्दै दबाब सिर्जना गर्ने गतिविधि गरेको भन्दै काँग्रेसले रास्वपा कार्यकर्ताको उक्त कार्यको घोर भत्र्सना गरेको छ ।
पार्टीले आज जारी गरेको विज्ञप्तिमा रास्वपाबाट भइरहेका गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास …