सोचेजस्तै सजिलो कहाँ छ र ओलीलाई
बालुवाटारमा हुन्जेल उपमहासचिव विष्णु रिमाल केपी ओलीका भित्रिया थिए, गुन्डुमा भने ओलीको ढाल बनेर पोलिटब्युरो सदस्य महेश बस्नेत उभिएका छन् । उनी ओलीका पक्षमा माहोल बनाउन दैनिकजसो पालैपालो हरेक जिल्लाका युवालाई गुन्डुमा उतारेर गस्ती गराइरहेका छन् ।
ओलीले यसवीच कम्तीमा तीन पटक महाधिवेशनमा आफूले निर्देशनात्मक संबोधन गरेर नयाँ नेतृत्व छान्ने भनी दबाब सिर्जना गरिसके । ओलीले यसबीच न त जेन–जी आन्दोलनको जिम्मेवारी लिएर माफी मागे न एमाले नेतृत्व छाड्ने छाँट नै देखाए । उ…