राजस्व चुहावट रोक्न आधा दर्जन निर्णय
सरकारले एकीकृत राजस्व चुहावट नियन्त्रण सञ्चालन केन्द्रलाई सक्रिय बनाउने भएको छ । राजस्व चुहावट नियन्त्रणका निम्ति गठित सो केन्द्रलाई सक्रिय रुपमा अघि बढाउने निर्णय गरिएको हो । अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा गत कात्तिक १३ गते बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति बैठकद्धारा गरिएका आधा दर्जन निर्णयमा सो पनि उल्लेख छ।
बैठकले समितिको आगामी बैठकमा राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित जिल्लास्तरका निकायलाई भर्चुअल बैठकमा सहभागी गराउने, सम्बद्ध निकायहरुबीच राजस्व चुहा…