सोफियालाई आमाले त्यत्तिकै सिध्याइदिएको भए
‘यो कुरुप बच्चीलाई किन मर्न दिन्नौ ? तिमी कुन स्थितिबाट गुज्रँदै छौ ? तिम्रो बिहे पनि भा’को छैन, अनि तिमी दुबै जनालाई कसैले नोकरी दिने स्थिति पनि छैन । यस्तो अवस्थामा यो बच्चीलाई छातीमा टाँसेर किन बस्छौ ? यो मूर्खता हो । तिमीहरूले यो कोठाको भाडा तिरेनौ भने म यहाँ बस्न दिन्न, तब कहाँ जान्छौ ? तिम्रो स्तनबाट एक थोपा दूध चुहिएको छैन, तिमीले केही खान पाइरहेकी छैनौ, तिम्रो यो छोरी दिनभर मुन्टो चुसेर बसेको हुन्छ । हेर यसको शरीरको छाला हड्डीमा टाँसिइसकेको छ । भ…