जापानमा भोजपुरका राईको गयो ज्यान
![जापानमा भोजपुरका राईको गयो ज्यान](https://janaaastha.prixacdn.net/media/albums/%E0%A4%9A%E0%A4%AC_Esg3wguE54.jpg)
जापान पुगेका भोजपुरका दिवस राईको मृत्यु भएको छ । टोकियो सुगिनामी वार्ड होरिनोउचीमा बस्दै आएका ४२ वर्षीय राई गएराती आफ्नै कोठामा मृत भेटिएका हुन् । १३ वर्षदेखि उनी श्रीमतीसहित त्यहाँ बस्दै आएका थिए ।
शनिवार राति ११ बजे श्रीमती कामबाट फर्कँदा राई मृत अवस्थामा भेटिएको र तुरुन्तै खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ।राईको मृत्युको कारण पोस्टमार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।
टिप्पणीहरू