नागरिकता विवादमा मुछिएर पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन दबाब दिँदै अनसन बस्न लागेका एक युवालाई प्रहरीले समातेको छ ।
आज नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि 'रवि दाइलाई गृहमन्त्री बनाउनुपर्छ' भन्दै अनशन बस्न लागेका पप्पु दास नामक युवालाई प्रहरीले समातेको हो । 'रवि लामिछानेकाे साथ सपाेर्टमा हामी सबै छौँ,रवि दाइलाई गृहमन्त्री बनाउनुपर्छ' भन्दै उनले उग्रता देखाउन थालेपछि बानेश्वर वृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई समातेर तीनकुने लागेको छ ।
'रवि लामिछानेकाे साथ सपाेर्टमा हामी सबै छौँ,रवि दाइलाई गृहमन्त्री बनाउनुपर्छ' भन्दै उनले उग्रता देखाउन थालेपछि बानेश्वर वृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई समातेर तीनकुने लागेको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका घर भई अहिले काठमाडौँमा फार्मेसी पढिरहेका २२ वर्षका दास दिउँसो सवा तीन बजेतिर 'जय देश,जय मधेस' भन्दै अनसन बस्न पुगेका थिए ।