राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिन सकिने छ । गत शनिबार उम्मेदवारी दर्ता गराएका दुई जनामध्ये कसैले उम्मेदवारी फिर्ता लिन चाहे आज नाम फिर्ता लिन सक्ने बताइएको छ ।
त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले आजै अपरान्ह उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । राष्ट्रपतिको उम्मेदवारमा नेपाली काँग्रेससहित ८ दलले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेका छन् । नेकपा एमालेले भने पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रपति निर्वाचनको मतदान कार्यक्रम फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म हुनेछ ।