सबै श्रेणीहरू

भीषण आगलागीपछि १२ हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएकोमा अनुसन्धान शुरु

भीषण आगलागीपछि १२ हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएकोमा अनुसन्धान शुरु

बंगलादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको सम्बन्धमा अनुसन्धान थालिएको छ । कोक्स बजारमा रहेको शिविरका दुई हजारभन्दा बढी टहरा हिजो आगलागीमा नष्ट भएपछि बंगलादेश सरकारले छानबिन शुरु गरेको बताइन्छ ।

ती टहरामा १२ हजार बढी म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थीले आश्रय लिएका थिए । गम्भीर प्रकृतिको घटना भएकाले शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बंगलादेशमा झण्डै १० लाख रोहिङ्ग्या शरणार्थी छन् । सन् २०१७ मा म्यानमारमा सेनाले अमानवीय कारबाही थालेपछि उनीहरुले बंगलादेशमा शरण लिएका हुन् । केही नेपालमा आएका छन् । तीमध्ये अधिकांश काठमाडौंं उपत्यका बस्छन् ।