रुसी लडाकू विमानले खसाल्यो अमेरिकी विशाल ड्रोन

रुसी लडाकू विमानले खसाल्यो अमेरिकी विशाल ड्रोन

रुसी लडाकू विमानले अमेरिकी मानवरहित विशाल ड्रोनलाई ब्ल्याक सी (कृष्ण सागर) मा खसालेको छ । उक्त घटनाको अमेरिकाले पुष्टि गरेको छ ।

अमेरिकी सेनाले उक्त ड्रोन आफ्नो नियमित उडानमा रहेको बेला दुई वटा रुसी लडाकू विमानले खसालेको बताएको छ । ‘उक्त ड्रोनलाई दुई रुसी लडाकू विमान एसयू–२७ ले पहिले घेराबन्दी गरे र त्यसपछि माथिबाट तेल खन्याएर झारे,’ अमेरिकी सेनाको आरोप छ । 

ड्रोनमा तेल खनाएपछि प्रोपेलर (पंखा) मा क्षति पुगेको थियो । त्यसपछि लडाकू विमानले ठक्कर दिएर ड्रोनलाई ब्ल्याक सीमा खसालेको हो । रुसले भने आफ्ना लडाकू विमानले उक्त ड्रोनलाई केही नगरेको जवाफ दिएको छ । 

यसैबीच अमेरिकी विदेश मन्त्रालयले अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभलाई बोलाएर उक्त विषयमा औपचारिक विरोध जनाएको छ । पछिल्लो घटनाले युक्रेन युध्दसँगै अमेरिका र रुसबीच प्रत्यक्ष भिडन्तको खतरा बढेको आकलन गर्न थालिएको छ ।

टिप्पणीहरू