महोत्तरीको बर्दिबासबाट काठमाडौंसम्म पैदलयात्रा गरेका मधेस प्रदेशका मीटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन् ।
प्रधानमन्त्रीलाई आफ्नो पीडा सुनाउन घरमा ताल्चा लगाएर बालबच्चासहित १२ दिनअघि बर्दिबासबाट निस्किएका उनीहरु आज मातातीर्थ आइपुगेका हुन् । आजै उनीहरु माइतीघर मण्डला पुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्ने कार्यक्रम छ ।
यसअघि लामो पैदलयात्राका कारण पीडितहरु बाटोमै बेहोससमेत भएका थिए । सामल झोलामा हालेर काठमाडौँका लागि निस्केका उनीहरु आफ्ना माग सम्बोधन नहुँदासम्म घर नफर्किने तयारीमा छन् ।



