सबै श्रेणीहरू

कञ्चनपुरका पत्रकारले हाले रविविरुद्ध अख्तियारमा उजुरी

कञ्चनपुरका पत्रकारले हाले रविविरुद्ध अख्तियारमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कञ्चनपुरका पत्रकार खेम भण्डारीले अनलाइनमार्फत लामिछानेविरुद्ध उजुरी हालेका हुन् । 

गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधि बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आह्वान गरेको उजुरीमा उल्लेख छ । उनले सामाजिक सञ्जालमार्फत उजुरी दर्ता भएकोबारे जानकारी गराएका छन् । 

उनले भनेका छन्, ‘गृहमन्त्री हुँदा रवि लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधि बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आह्वान गरेको विषयमा आज मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी हालेको छु । उजुरी दर्ता भएको छ ।’