सबै श्रेणीहरू

अमेरिकामा सात जना भेनेजुयलालीको मृत्यु, भारतीय डुंगा दुर्घटनामा २१ बिते

अमेरिकामा सात जना भेनेजुयलालीको मृत्यु, भारतीय डुंगा दुर्घटनामा २१ बिते

अमेरिकाको टेक्सासमा एउटा कारले ठक्कर दिँदा सात जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका छ जनामध्ये केहीको अवस्था चिन्ताजनक छ ।

आप्रवासीहरु बस्दै आएको स्थान नजिकैको बस स्टपमा उभिएका मानिसहरुलाई कारले ठक्कर दिएको हो । ब्राउन्सभिल सहरमा बिहान साढे ८ बजेको समयमा बस कुरिरहेका २० जनाको समूहलाई कारले ठक्कर दिएको हो । 

घटनाका पीडित सबै भेनेजुएलाका नागरिक हुन् । प्रहरीले कारका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।यता, भारतको केरलामा भएको डुंगा दुर्घटनामा २१ जना पर्यटकको मृत्यु भएको छ । दुर्घटनामा अधिकांश बालबालिका तथा महिलाको मृत्यु भएको हो ।हिजो साँझ ७ बजे मलप्पुरम जिल्लाको तनूर नजिकै पर्यटक सवार डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

डुंगामा ४० जना पर्यटक सवार थिए । अझै केही बेपत्ता रहेको आशंका गरिएको छ । उक्त घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड, प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री पिनाराई विजयनले दुःख व्यक्त गरेका छन् । सरकारले मृतक परिवारलाई २ लाख रुपैयाँ राहत प्रदानको घोषणा गरेको छ ।