सबै श्रेणीहरू

भोटो हेर्न उपत्यकामा बिदा

भोटो हेर्न उपत्यकामा बिदा

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा भोलि सार्वजनिक बिदा दिइएको छ । 

गृह मन्त्रालयले भोलिको बिदाबारे जानकारी गराएको छ । ‘वि.सं. २०८० जेठ ११ गते बिहीबारका दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ । 

वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाएपछि जात्रा सम्पन्न हुन्छ । भोटो राष्ट्रपतिको उपस्थितिमा देखाइने छ ।