प्रधानमन्त्री हिंडेकै दिन भारत पुगेका रवि र निकिता नेपाल फिर्ता

प्रधानमन्त्री हिंडेकै दिन भारत पुगेका रवि र निकिता नेपाल फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौं फर्केका छन् । उनी भारतको मुम्बईबाट हिजो राति साढे ९ बजे नेपाल वायुसेवा निगमको उडानमा आएका हुन् ।

पत्नी निकितासँगै उनी गत बुधबार त्यसतर्फ गएका थिए । सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने भ्रमणमा नयाँ दिल्ली पुग्नुभएको थियो । लामिछाने भने साँझ श्रीमतीसँगै महाराष्ट्र राज्यको मुम्बई गएका थिए ।

वैशाख अन्तिम साता नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रल्हादसँग लामिछानेले काठमाडौंमा गुपचुप भेट गरेका थिए । सोही सन्दर्भमा उनी प्रधानमन्त्रीको औपचारिक भ्रमणसँगै मुम्बई जानुलाई कतिपयले प्रल्हादसँग तीन साताअघि काठमाडौंमा भएको भेटसँग दाँजेर हेरेका छन् ।
 

टिप्पणीहरू