युक्रेनको महत्वपूर्ण बाँध ध्वस्त

युक्रेनको महत्वपूर्ण बाँध ध्वस्त फोटो स्रोत : रोयटर्स

युक्रेनको दक्षिणी भेगमा रहेको एउटा बाँध ध्वस्त भएको छ । रुसी आक्रमणमा युक्रेनको निम्ति निकै महत्वपूर्ण भनिएको खेर्सोनस्थित काखोभ्का बाँध ध्वस्त पारिएको बताइएको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि बाँध आक्रमणको दोषारोपण गरेका छन् । उनले राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा उक्त धारणा राखेको अन्तर्राष्ट्रिय समाचार समितिहरुले जनाएका छन् ।

बाँध ध्वस्त भएपछि नजिकैको आणविक केन्द्रको सुरक्षामाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । सो क्षेत्रका हजारौं बासिन्दालाई अन्यत्र सारिएको छ ।

रुसले बाँध आक्रमणलाई आतंककारी क्रियाकलाप भनेर युक्रेनमाथि आरोप लगाएको छ ।
                                                 

टिप्पणीहरू