यो वर्ष मनुसन १५ दिन ढिलो शुरु हुने

यो वर्ष मनुसन १५ दिन ढिलो शुरु हुने

विश्वका विभिन्न भागमा झैँ दक्षिण एसियाका अधिकांश मुलुकमा यो वर्ष निकै गर्मी बढेको छ । नेपालमा पनि गत सातादेखि गर्मी उखरमाउलो छ ।

एकाध स्थानमा बादल लागे पनि वर्षा हुन सकेको छैन । स्थानीय वायुको प्रभावको कारण केही स्थानमा सामान्य वर्षा भएको छ । तर, सामान्यतयाः जेठ महिनाको दोस्रो साताभित्र दक्षिण भारत हुँदै फैलने मनसुन यो वर्ष तेस्रो सातासम्म भारतमा समेत देखिएको छैन । 

पर्याप्त वर्षा नभएसम्म गर्मी बढ्ने मौसमविद्हरुको भनाई छ । पछिल्ला तीन वर्षको मनसुनको रेकर्ड विश्लेषण गर्दा सन् २०२० मा जुन १, २०२१ मा जुन ३ र २०२२ मा मे २९ तारिखका दिन दक्षिण भारतको केरलामा मनसुन शुरु भएको थियो । त्यसको एक साताभित्र पूरै भारत हुँदै छिमेकी मुलुकमा मनसुनको प्रभाव देखिएको भारतीय मौसम विभागको अभिलेखमा देखिन्छ ।

यो वर्ष केरलामा मनसुन शुरु हुन कम्तीमा चार दिन लाग्ने भारतीय मौसम विभागको विश्लेषण छ । जुलाई महिनाको १५ तारिख अर्थात् जेठ महिनाको अन्तसम्ममा पूरै भारतमा मनसुन फैलने भारतीय मौसमविद्हरुको भनाई छ । त्यतिञ्जेलसम्म तापक्रम थप बढ्ने पनि निश्चित छ । 

अरब सागरमा उत्पन्न भएर केरला हुँदै दक्षिण एसियाली मुलुकमा प्रवेश गर्ने मनसुन नेपालमा पूर्वको झापा र मोरङ हुँदै छिर्ने गर्छ । नेपालमा यो वर्षको मनसुन आइपुग्न कम्तीमा असारको पहिलो साता लाग्ने अनुमान छ ।

टिप्पणीहरू