सबै श्रेणीहरू

वीपी राजमार्गमा सुख्खा पहिरो, सवारी साधन अवरुद्ध

वीपी राजमार्गमा सुख्खा पहिरो, सवारी साधन अवरुद्ध

वीपी राजमार्गमा गएको सुख्खा पहिरोका कारण सवारी साधन अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका ७, चारसेबेशीमा बिहान ११ बजे पहिरो गएकाले दुवैतर्फको सवारी साधन बन्द भएको हो ।

प्रहरी चौकी कटुञ्जेबाट प्रहरी सहायक निरीक्षक शिवदास श्रेष्ठको कमाण्डमा खटेको टोलीले वैकल्पिक मार्ग तयार गरेपछि अहिले यातायात सुचारु भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक पञ्चलाल गोलेको कमाण्डमा खटिएको टोलीले पहिरो हटाइरहेको बताइएको छ ।