काभ्रेको बनेपामा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
बनेपा नगरपालिका -१३, स्थित भैसीपार्टी सडकमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा धुलिखेल नगरपालिका-१ बस्ने २१ वर्षीय अभिषेक न्यौपानेको मृत्यु भएको हो ।
बनेपाबाट काठमाडौतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२-०३४ प ११६७ नम्बरको न्यौपाने सवार मोटरसाइकल आफैँ अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको बा प्र ०३-००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको मुनि छिर्दा उनी गम्भीर घाइते भएका थिए ।