सबै श्रेणीहरू

एमाले लुम्बिनीमा शान्तकुमार वली  उपाध्यक्षमा भिड्दै

एमाले लुम्बिनीमा शान्तकुमार वली  उपाध्यक्षमा भिड्दै

नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाका पूर्वअध्यक्ष शान्तकुमार वलीले लुम्बिनी प्रदेश उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीको विरोध गर्दै’ नेता वलीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । लुम्बिनी प्रदेशमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको समूह चुनावी मैदानमा उत्रिएको छ। पौडेलनिकट राधाकृष्ण कँडेल र पोखरेलनिकट हरि रिजालले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

त्यसो त वली कुनै समूहमा समेटिएका छैनन् । उनले ‘आफू गुटको नभई कार्यकर्ताको समर्थन’मा चुनावी मैदानमा उत्रिएको बताएका छन् । त्यस्तै, उपाध्यक्षमा पौडेल समूहबाट भोजप्रसाद श्रेष्ठ र पोखरेल समूहबाट विश्वराव बराल उम्मेदवार छन्।

नेतृत्व चयन सर्वसम्मत हुन नसकेपछि आज राति ८ बजेदेखि मतदान हुने भनिएकोमा बन्द सत्र लम्ब्याएर भोलि बिहान ७ बजेलाई सार्न लगाइएको छ ।लक्ष्मण आचार्य सचिवमा निर्विरोध हुनुले धेरैतिर तरङ्ग सिर्जना गरेको र त्यसैको फलस्वरूप रातारात केही चलखेलनिम्ति मतदान सारिएको कतिपयको बुझाइ छ ।