महासचिवको भ्रमणबाट धकेलिएको एमालेको चियापान भोलि दिउँसो

महासचिवको भ्रमणबाट धकेलिएको एमालेको चियापान भोलि दिउँसो
सुन्नुहोस्

नेकपा एमालेले भोलि आयोजना गर्न लागेको चियापान कार्यक्रमको निम्तो गरेको छ ।

सामाजिक सञ्जालमा एमाले नेताहरुले ‘चाडबाडमा चियापान’ लेखिएको अध्यक्ष केपी शर्मा ओली र चियाको कपको तस्बिर पोष्ट गर्दै निम्तो गरेका हुन् ।

भोलि दिउँसो साढे १२ बजेदेखि पार्टी मुख्यालय, तुल्सीलाल स्मृति भवन, च्यासलमा चियापान कार्यक्रम राखिएको जनाइएको छ ।

आजलाई भनिएको कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण भोलि दिउँसोसम्म सारिएको हो । महासचिव गुटेरेस चार दिने भ्रमण पूरा गरेर भोलि बिहान दोहा हुँदै लण्डन प्रस्थान गर्दै हुनुहुन्छ । 

उहाँले आज अपरान्ह ४ बजे संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
 

टिप्पणीहरू