सबै श्रेणीहरू

अर्थमन्त्री र अमेरिकी राजदूतबीच एक घण्टा छलफल

अर्थमन्त्री र अमेरिकी राजदूतबीच एक घण्टा छलफल

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज दिउँसो छलफल भएको हो ।

मन्त्री महतसँग भेट गर्न राजदूत थम्पसन दिउँसो साढे १ बजे मन्त्रालय पुग्नुभएको थियो । भेटपछि उहाँ साढे २ बजेको हाराहारीमा त्यहाँबाट बाहिरिनुभएको बताइएको छ । भेटबारे मन्त्रालयले औपचारिक जानकारी गराएको छैन ।