भारतकी श्रीमान गीता काठमाडौंमा को सित ?

भारतकी श्रीमान गीता काठमाडौंमा को सित ?
सुन्नुहोस्

भारतीय सर्वोच्च अदालतकी न्यायाधीश गीता मित्तल काठमाडौं आउनुभएको छ । उहाँ  राजधानीमा भोलिदेखि शुरु हुने मेलमिलाप  (मिडियशन) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आउनुभएको हो ।

सर्वोच्च अदालतको भल्नरेबल (जोखिमकी साक्षी) विटनेस कमिटीकी अध्यक्ष तथा जम्मु कश्मिर उच्च अदालतकी पूर्वप्रमुख न्यायाधीश मित्तल भतिजी तनुश्री रोयसहित दिउँसो पौने १ बजे इण्डिगो एअरलाइन्सको उडान नम्बर ६इ ११५३ मा नयाँ दिल्लीबाट आएको बुझिएको छ ।

पर्सि सोही उडानमा स्वदेश फर्कने कार्यक्रम रहेको र उहाँहरुलाई बस्ने प्रबन्ध कोपुण्डोलस्थित होटल हिमालयमा मिलाइएको सर्वोच्च अदालत स्रोतले बतायो ।

टिप्पणीहरू