पूर्व–पश्चिम राजमार्गमा दुर्घटना, एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गमा दुर्घटना, एकको मृत्यु

सर्लाहीको हरिवन नगरपालिका–९, मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको बताइएको छ । चालक अस्पतालमा उपचारको क्रममा बितेका हुन् ।

आज बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बा.३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग.१ ख ८६०९ नम्बरको बसमा ठोक्किएको हो ।

घाइतेको प्रादेशिक अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । बस र मोटरसाइकललाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

टिप्पणीहरू