सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको प्रतिक्रिया - प्रतिशोध साँधेको होइन, सजिलै छुट्नुहुन्छ

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको प्रतिक्रिया - प्रतिशोध साँधेको होइन, सजिलै छुट्नुहुन्छ
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाप्रति सरकारको कुनै रिसइबी नभएको प्रतिक्रिया दिनुभएको छ । 

गृहमन्त्री रवि लामिछानेविरुद्ध समाचार लेखेका कारण प्रतिशोध साँधेर सिरोहियालाई पक्राउ गरिएको चर्चा भैरहँदा उहाँको यस्तो प्रतिक्रिया आएको हो । सरकारले रिसइबी साँध्यो भन्ने छ नि भन्ने प्रश्नमा प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी?’

सिरोहिया अदालती प्रक्रियाबाट पक्राउ परेकाले बढ्ता हो-हल्ला गर्न आवश्यक नरहेको प्रधानमन्त्रीको भनाई छ । 'अदालतले प्रक्रिया अगाडी बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले, यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई', उहाँले भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले सिरोहिया सजिलै छुट्ने पनि बताउनुभएको छ । गृहमन्त्री व्यक्तिगत रुपमै आउनुभयो भन्ने छ नि भन्ने जिज्ञासामा उहाँले स्पस्ट पार्दै भन्नुभयो, 'त्यो मान्छेले भन्ने कुरा मात्रै हो, अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ, यो हल भैहाल्छ !'
 

टिप्पणीहरू