संसदमा पेलिएको कांग्रेस सडकमा उत्रिने

संसदमा पेलिएको कांग्रेस सडकमा उत्रिने
सुन्नुहोस्

नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध सडक संघर्ष गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शुक्रबारदेखि चरणवद्ध आन्दोलनमा जाने निर्णय गरेको हो । 

जसअनुसार पहिलो चरणमा पर्सि शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ । पोखरा, चितवन, रुपन्देहीलगायत सहकारी ठगीका घटना बढी भएका जिल्लामा पनि सोही दिन भातृ संगठनहरुलाई कांग्रसले सडकमा उतार्ने छ । 

कांग्रेस बैठक अहिले पार्टी मुख्यालय सानेपामा जारी छ । बैठकपछि औपचारिक रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ । 

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले लगातार संसद अवरुद्ध गरिरहेको छ । तर, गृहमन्त्री केन्द्रित समिति गठनका लागि तयार नभएको सत्तापक्ष सभामुखको सहयोगमा अवरोधका बीच सदन चलाउ अग्रसर देखिन्छ ।

टिप्पणीहरू