मेडिकल काउन्सिलद्वारा स्नातकोत्तर भर्नाशुल्क मिनाहा

मेडिकल काउन्सिलद्वारा स्नातकोत्तर भर्नाशुल्क मिनाहा
सुन्नुहोस्

चिकित्सा शिक्षा स्नातकोत्तर अध्यापन गराउने कलेज तथा प्रतिष्ठानहरुले अब विद्यार्थी भर्ना शुल्कबापत नेपाल मेडिकल काउन्सिलमा बुझाउनुपर्ने रकम तिर्नुनपर्ने भएको छ । काउन्सिलको गत जेठ २१ गते बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । 

काउन्सिलले चिकित्साशास्त्र अध्यापन गराउने मेडिकल÷डेण्टल कलेज तथा प्रतिष्ठानहरुले स्नातकोत्तर (एमडी, एमएस, एमडीएस वा सोसरह) अध्ययनरत विद्यार्थीहरुको भर्ना शुल्कबापत काउन्सिलमा बुझाउनुपर्ने शुल्क आगामी शैक्षिक सत्रबाट बुझाउनुनपर्ने निर्णय गरेको हो ।

जारी सूचनामा, ‘चिकित्साशास्त्र अध्यापन गराउने मेडिकल÷डेण्टल कलेज तथा प्रतिष्ठानहरुले स्नातकोत्तर (एमडी, एमएस, एमडीएस वा सोसरह) अध्ययनरत विद्यार्थीहरुको भर्ना शुल्कबापत काउन्सिलमा बुझाउनुपर्ने शुल्क अब उप्रान्तको शैक्षिक सत्रबाट बुझाउनु नपर्ने भनी नेपाल मेडिकल काउन्सिलको मिति २०८१ जेठ  २१ गते बसेको पूर्ण बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबैमा जानकारी गराइने,’ उल्लेख छ ।

काउन्सिलले विदेशी विद्यार्थीको हकमा भने स्नातकोत्तर तथा सोभन्दा माथि तह अध्ययनरत गर्ने विद्यार्थीहरुको दर्ता शुल्क ‘पीजी इन्रोल्मेन्ट’ लिने व्यवस्था यथावत राखिएको जनाएको छ ।

टिप्पणीहरू