भिस्ताराको विमान उडेलगत्तै ह्वाट्सएपमार्फत् दिइएको थियो चेतावनी

भिस्ताराको विमान उडेलगत्तै ह्वाट्सएपमार्फत् दिइएको थियो चेतावनी फाइल फाेटाे
सुन्नुहोस्

भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एअरको विमानमा उडेको २० मीनेटपछि बम राखिएको चेतावनी दिइएको बताइन्छ । ह्वाट्सएप मेसेजमा भिस्तारा एअरको उडान नम्बर युके १५५ विमानमा बम राखिएको अज्ञात व्यक्तिले खबर गरे पनि विमान साढे ४ बजे काठमाडौंमा अवतरण गरेको छ ।

विमानमा १५७ जना यात्रु थिए । काठमाडौंमा अवतरणपछि विमानलाई विशेष तालिमप्राप्त कुकुरबाट चेक गराइएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थल पुगिसकेको छ ।

काठमाडौं आइरहेको विमानमा बम रहेको हल्ला हुँदा त्रिभुवन विमानस्थलमा सुुरक्षा कमिटीको बैठक बसिरहेको थियो । हवाई सुरक्षा नियन्त्रक बच्चुराम श्रेष्ठलाई बैठक चलिरहेको समयमा एअर ट्राफिक कन्ट्रोलरले बमको चेतावनी प्राप्त भएको खबर गरेका थिए ।

टिप्पणीहरू