सबै श्रेणीहरू

‘सात प्रतिशत एसबिआई बैंक ऋणपत्र, २०९०’ मा ‘ओभरसब्सक्राइभ’

‘सात प्रतिशत एसबिआई बैंक ऋणपत्र, २०९०’ मा ‘ओभरसब्सक्राइभ’

नेपाल एसबिआई बैंकले ‘सात प्रतिशत एसबिआई बैंक ऋणपत्र, २०९०’ को निष्काशन बन्द गरेको छ । बैंकले आजदेखि निष्काशन बन्द गरेको जनाएको छ । 

असार ३० गतेदेखि ऋणपत्र जारी भएकोमा ऋणपत्र चार गुणा बढीले ओभरसब्सक्राइभ भएको हो । प्रतिकित्ता एक हजार दरमा ३० लाख कित्ता अर्थात् तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिएको छ । १० वर्षे ऋणपत्रमा ६० प्रतिशत व्यक्तिगत र ४० प्रतिशत सर्वसाधारणका निम्ति प्रस्ताव गरिएको छ । 

सर्वसाधारणका लागि छुट्याइएको हिस्सामध्ये पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि राखिएको छ । ऋणपत्रका लागि एक करोड २० लाख बढी आवेदन परेको बैंकको भनाइ छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत जेठमा ऋणपत्र निष्काशनका निम्ति एसबिआई बैंकलाई स्वीकृति दिएकोमा नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले बिक्री प्रबन्धकको जिम्मा पाएको हो ।