गुडिरहेको कारमाथि खस्यो ढुंगा, तीनजना सिकिस्त
मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको भारतीय कारमा ढुंगा लागेपछि तीन जना घाइते भएका छन् । तुइनखोला पुल नजिकै भएको उक्त दुर्घटनामा तीन जना गम्भीर घाइते भएको बताइन्छ ।
पाँच जना सवार कारको पछाडि बसेका तीन जना घाइते भएका हुन् । प्रहरीका अनुसार घाइते सबैलाई अस्पताल पुर्याइएको छ ।
टिप्पणीहरू