छात्रवृत्ति र एम्बुलेन्सको कुरो उठाएपछि बालेनको विरोध
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर–५ मा चुनावी प्रतिस्पर्धा गर्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र (बालेन) साहको एउटा अभिव्यक्ति विवादमा परेको छ । अस्ति धनुषाको जनकपुरमा चुनावी सभामा भाषण दिने क्रममा दिएको एउटा अभिव्यक्तिले उनी विवादमा तानिएका हुन् ।
मञ्चमा उभिएर उनले मैथिली भाषामा भनेका थिए,‘सबैले समाजवादको कुरा गर्छन् । लोकतन्त्रको कुरा गर्छन् । काठमाडौं महानगरले हरेक वर्ष २० हजार विद्यार्थीलाई फ्रिमा पढाइरहेको छ । महँगा कलेजमा पढ्न फ्रि भिसा, फ्रि टिकट बिना ढेउवाके । विदेश जान होइन,कलेज पढ्न ।’
‘छात्रवृत्ति दिने स्कूल,नाक ठड्याउने बालेन ?’,सूर्य भण्डारीको भनाइ हो यो ।
त्यसपछि उनले आफू मेयर भएर ३५ वटा पालिकालाई एम्बुलेन्स दिएको बताएका थिए । भन्छन्,‘अब तपाईँहरु सोच्नुस्, मेयर भएर ३५ वटा पालिकालाई एम्बुलेन्स दिन सकेँ भने संघ सरकारमा गएर के गर्छु ?’ आफ्नै खल्तीबाट रकम झिकेर छात्रवृत्ति र एम्बुलेन्स बाँडेजसोगरी भाषण दिएपछि सामाजिक सञ्जालमा आलोचना शुरु भएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता प्रेम राईले निजी विद्यालयले आफ्नो गाँस काटेर विद्यार्थीलाई छात्रवृत्ति दिएको बताएका छन् । उनले लेखेका छन्,‘हामी निजी विद्यालयहरुले आफ्नो गाँस काटेर विद्यार्थीलाई छात्रवृत्ति दिने अनि बालेनले ३० हजार विद्यार्थीलाई मैले छात्रवृत्ति दिएँ भनेर खोक्ने ?’
‘छात्रवृत्ति दिने स्कूल,नाक ठड्याउने बालेन ?’,सूर्य भण्डारीको भनाइ हो यो । धनबहादुर बस्नेतले बालेनलाई लुसिफर भन्दै नखोक्न सुझाव दिएका छन् । लेख्छन्,‘यो संविधानले व्यवस्था गरेको हो, लुसिफरले नखोकेकै राम्रो ।’
टिप्पणीहरू